नियम १७
प्रमाण बुझी सकेपछि पक्ष तारिखमा नबसे पनि हुने
(१) अदालतले वादी र प्रतिवादी दुवै पक्षको प्रमाण बुझी सकेपछि कुनै पक्षले चाहेमा अदालतको अुनमति लिई तारिखमा नबस्न पनि सक्नेछ ।
(२) अदालत समक्ष परेको कुनै पुनरावेदनको सन्दर्भमा कुनै पक्ष तारिखमा बस्न नचाहेमा अदालतको अनुमति लिई ताखिमा नबस्न सक्नेछ ।
(३) उपनियम (१) र (२) मा जुनसुकै कुरा लेएिका भए तापनि अदालतले. आवश्यक देखमा मुद्दाको कुनै पक्षलाई अदालत समक्ष उपस्थित हुने आदेश दिन सक्नेछ र त्यसरी आदेश भएकोमा उपस्थित हुनुुृ सम्बन्धित पक्षको कर्तव्य हुनेछ ।